विद्यालय परिसर सरसफाईको सरसफाई गर्दै किशोरकिशोरी ।

हेटौंडाः हेटौंडा–१४, उत्तरपानीस्थित स्वागतम् युवा सञ्जालका किशोरकिशोरीले स्थानीय भृकुटी माध्यमिक विद्यालय परिसरको सरसफाई गरेका छन् । फागुन १ गतेदेखि विद्यालय सुचारु हुने भएपछि किशोरकिशोरीले बुधबार सरसफाई गरेका हुन् । सरसफाई गरेसँगै सञ्जालले विद्यालय परिसरमा उद्यान बनाउने योजना बनाएको सञ्जालकी अध्यक्ष सुमिना बर्देवाले जानकारी दिनुभयो ।

झाडीले कुरुप बनेको विद्यालय परिसर ।

ग्रामीण महिला सेवा केन्द्रले प्लान इन्टरनेशनसँगको साझेदारीमा ‘नेतृत्व र निर्णय क्षमता’ परियोजनाअन्तर्गत किशोरकिशोरीको आवद्धतामा सञ्जाल निर्माण गरेर नेतृत्व विकास, क्षमता विकासका लागि प्रशिक्षण, कार्यशालाको आयोजना गर्ने गरेको छ । ग्रामीण महिला सेवा केन्द्रकी सामाजिक परिचालक सरस्वती योञ्जनका अनुसार स्वागतम् युवा सञ्जालको कार्यसमिति ११ सदस्यीय छ भने एक सय जना साधारण सदस्य छन् ।