हेटौंडाः पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ मा बस र मोटरसाईकल आपसमा ठोकिँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–७ का शिव प्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
बुधबार दिउँसो २ बजेको समयमा बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र हेटौंडाबाट बारा जिल्लातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । बसको ठक्करबाट गम्भिर घाइते भएका सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।
यस्तै मोेटरसाईकल चालक दोलखा जिल्ला सैलुङका ४६ वर्षीय थनक बहादुर दुलाल घाइते भएका र उनको अहिले हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो । दुलालको स्वास्थ्य अवस्था अहिले मध्यम रहेको जनाइएको छ । यस्तै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।