फाइल तस्वीर ।

हेटौंडाः आज विहीबार ३४ जनाले पिसिआर बिधिबाट कोरोना भाइरस संक्रमण परिक्षणका लागि स्वाब संकलन गराएका छन् ।

हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा ११ जना महिला र २३ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संकलन भएका स्वाबहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याब (प्रयोगशाला) मा पठाइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय मकवानपुरमा कोरोना भाइरस संक्रमणको जाँच गर्नका लागि स्वाब संकलन गराउनेको संख्यामा कमी आउन थालेको छ । तेस्रो चरणमा ओमिक्रोन कोरोना भाइरसको संक्रमणमा बृद्धि हुँदै गएपनि जिल्लामा भने संक्रमण हुनेको संख्यामा पनि कमी आउन थालेको छ ।

ओमिक्रोन संक्रमणको असर सामान्य मात्र हुने र मकवानपुरका अधिकांशले कोभिड बिरुद्धको खोप लगाएका कारण कोरोनाको असर कम भएकाले सामान्य ज्वरो आएपनि नागरिकहरुले कोरोना परिक्षण गराउन नचाहेको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।