हेटौंडाः आइतबार हेटौंडामा कोरोना परीक्षणका लागि ७७ जनाले स्वाब संकलन गराएका छन् । हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रमा ३६ जना महिला र ४१ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
संकलन गरिएको स्वाब हेटौंडा अस्पतालस्थित प्रयोगशाला पठाइएको उहाँले बताउनु भयो । अधिकांश व्यक्तिले कोरोना विरुद्वको खोप लगाएको हुनाले पहिलाको तुलनामा स्वाब संकलन गराउने व्यक्तिको संख्या घटेको जनस्वास्थ्य निरीक्षक चौलागाईको भनाइ छ ।