हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ स्थित दुईवटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री, मास्क र सेनिटाइजर सहयोग गरिएको छ । शनिबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिका कोषाध्यक्ष आकाश गोलेको संयोजनमा मकवानपुरगढी–८ बोखरेस्थित बागेश्वरी आधारभूत विद्यालय र बुढीचौरस्थित रुपनारायण माविलाई सहयोग गरिएको हो ।
बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत १ सय १५ जना विद्यार्थी र रुपनारायण माविमा अध्ययनरत १ सय ७० जना विद्यार्थीलाई न्यानोकपडासहित शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सचिव कविन सांगामीले जानकारी दिनुभयो ।
सहयोग सामग्री हस्तान्तरण गर्न नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, कोषाध्यक्ष कविन सांगामी, हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, नेपाली कांग्रेसका यतिराज सापकोटा सहभागी हुनुहुन्थ्यो ।