हेटौंडाः मकवानपुरमा बिहीबार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पीसीआर विधिबाट १८९ जनाको परीक्षण गर्दा १३३ जना र एन्टिजेन विधिबाट ७१ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको छ।