अन्जन विष्टलाई वर्ष खेलाडी सम्मान प्रदान गरिँदै ।

हेटौंडाः मकवानपुरका अन्जन विष्टलाई पोखरामा वर्ष खेलाडीको सम्मान प्रदान गरिएको छ ।

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय टिमका सदस्य समेत रहेका मकवानपुरले खेलाडी विष्टलाई नगदसहित सम्मान गरेको छ । ‘ए’ डिभिजन क्लब मनाङ मस्याङ्दीका क्याप्टेन समेत रहेका विष्टलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले वर्ष खेलाडीको सम्मान पत्र र नगद रकम हस्तान्तरण गर्नुभएको हो ।