बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ।

हेटौंडाः बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठक आज बिहीबार बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकमा संगठन संरचना एवम् दरबन्दी व्यवस्थापनको विषयलाई प्रमुख विषयको रुपमा प्रस्तुत गर्न लागिएको बुझिएको छ । बागमती प्रदेशमा पाण्डे नेतृत्वको सरकारले ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएपछि मन्त्रालयका सचिव लगायतका कर्मचारीहरुको अभावको स्थिति छ । जसकारण फुटाइएका मन्त्रालयहरु पनि ७ जना सचिवहरुले सम्हाल्दै आएका छन् ।

बैठकमा बागमती प्रदेश सरकारमा कर्मचारीहरुको अस्थायी दरबन्दी गरी कर्मचारी समायोजन गर्ने लगायतमा विषयमा छलफल हुने जनाइएको छ । यस्तै बैठकमा उच्चस्तरीय संयन्त्र, जग्गा लगायतका विषयहरुमा पनि छलफल हुन सक्ने जनाइएको छ ।