प्रहरी निरीक्षक प्रकाश थापालाई २०७८ साल पुस महिनाको सर्वौत्कृष्ट प्रदेश प्रहरी घोषणा ।

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी निरीक्षक प्रकाश थापालाई २०७८ साल पुस महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रहरी निरीक्षक थापा अहिले ईलाका प्रहरी कार्यलय, मनहरी मकवानपुरमा कार्यरत हुनुहुन्छ ।

उहाँले पुस महिनामा ३ सय ८ किलो १ सय ग्राम लागुऔषध गाँजा र २० किलो ५ सय ग्राम चरेशसहित ७ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको, पुस ३ गते आफ्नै सहोदर भाईलाई दाउराको चिरपटले प्रहार गरी कर्तव्य गरी हत्या गर्ने मनहरी गाउँपालिका वडा नं ६ मा बस्ने ३३ वर्षीय समिर परियारलाई तत्काल पक्राउ गर्न सफल भएको, स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रहरी चौकी सुनाचुरी मकवानपुरको नयाँ भवन निर्माण कार्य शुरु गराउन महत्त्व भुमिका निर्वाह गरेको र आफ्नो जिम्मेवारी लगनशील, अनुशासित, एवम् उत्कृष्ट ढंगबाट सम्पादन गरेको हुदाँ निजबाट सम्पादित कार्यको उच्च मूल्याङकन गर्दै यसमा निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निरीक्षक थापालाई २०७८ साल पुस महिनाको सर्वोकृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।