हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ । मंगलबारदेखि उपमहानगरपालिकाले खोप लगाइदिन सुरु गरेको हो । दोस्रो डोजको खोप मोडर्ना लगाउन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

मंगलबार हेटौंडा उपमहानगरक्षेत्रका ८ वटा विद्यालयमा एक हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य लिएको थियो । बुधबार २४ वटा विद्यालयका ४ हजार विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभएको छ । नगर क्षेत्रका विद्यालयमा माघ १५ गतेसम्ममा विद्यार्थीलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ ।