फाइल तस्वीर ।

हेटौंडाः कोभिड–१९ संक्रमण भए नभएको परीक्षणका लागि मंगलबार १ सय १० जनाको स्वाब संकलन गरिएको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा मंगलबार बिहान ४८ जना महिला र ६२ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौैलागाईले जानकारी दिनु भएको छ ।

संकलन गरिएकोे स्वाब हेटौंडा अस्पतालस्थित प्रयोगशालामा कोेरोेना परीक्षणका लागि पठाइएको उहाँले बताउनु भयोे । पछिल्लो समय स्वाब संकलन गराउनेको संख्या बढेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनु भयो । स्वाब दिन आउने अधिकांशमा कोभिड–१९ संक्रमणको लक्षण रहेको उहाँको भनाइ छ ।

गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा विहान साढे ७ बजेदेखि स्वाब संकलन कार्य गरिन्छ । स्वाब दिन आउने व्यक्तिको चापका आधारमा एकदेखि २ घण्टा स्वाब संकलनको कार्य गरिने जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।