हेटौंडाः मकवानपुरमा बिहिबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाइएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय ९४ जना पुगेको छ ।
यसै अवधिमा जिल्लामा छ जना कोरोना संक्रमित निको भएका छन् । होमआइसोलेसनमा बस्ने चार जना र संस्थागत आइसोलेसनमा उपचाररत दुई जनाले कोरोना जितेका हुन् । जिल्लामा अहिले ४२ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन । जसमध्ये ४१ जना होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।