हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । यही पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहनुभएका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेसचोकमा सचिवालय स्थापना गर्नुभएको हो ।

जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताउनुभएको छ । ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय पराजुली पाँच पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसक्नु भएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित हुनुभएका पराजुलीले संगठन विस्तार, पार्टीको विकास र जिल्लामा कांग्रेसलाई उकास्न निरन्तर लागि परेको बताउनुभएको छ । पराजुलीले केहिदिनमै प्यानल घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।