हेटौंडाः मकवानपुरको मनहरी होटल एसोसियसनमा कृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएको छ । दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएका छन् । उपाध्यक्षमा चन्द्रमान श्रेष्ठ, सचिवमा लक्ष्मण गिरी सहसचिवमा बञ्चुराम थापा र कोषाध्यक्षमा शुन्दर श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सदस्यमा राजेश कर्माचार्य, लक्ष्मी खड्का, पर्वती सुवेदी, सागर स्याङ्तान र प्रकाश स्याङ्तानलाई चयन गरिएको निवर्तमान अध्यक्ष गणेशमान मनान्धरले जानकारी दिनुभयो । अनौपचरिक रुपमा निवर्तमान अध्यक्ष मनान्धरको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।