हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० औं नगरसभामा ८ जनालाई सम्मान गरिएको छ । बिहीबार भएको नगर परिषद्को उद्घाटन कार्यक्रममा मकवानपुरका फुटबल खेलाडी अञ्जन विष्ट, सुनिल बल, आयुष घलान र वक्सिङ खेलाडी सुशील घिमिरेलाई २५/२५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
यसैगरी मूर्तिकार लक्ष्मण भुजेल, नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र सामाजिक व्यक्तित्व आयना बार्का न्यौपानेलाई सम्मान गरिएको छ ।