हेटौंडाः मकवानपुर चेम्बर अफ कमर्सको साधारणसभाको तयारी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको उपस्थितिमा बुधबार बिहान साधारणसभाको तयारीको विषयमा छलफल भएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको उपस्थितिमा मकवानपुर चेम्बर अफ कमर्सको अहिलेको अवस्था, भावी रणनीतिका बारेमा छलफल भएको मकवानपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो । मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलपछि आगामी बोर्ड बैठकमा उपयुक्त समयमा साधारणसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय समितिका सदस्य तथा वाणिज्य तर्फका सभापति निरज राई, बागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठ, चेम्बर अफ कमर्श प्रदेश २ का उपाध्यक्ष सीता केसीको पनि उपस्थिति रहेको थियो ।