सांकेतिक तस्बिर ।


हेटौंडाः मकवानपुरमा मंगलबार ३ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडाका २ जना र मकवानपुरगढीको १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

१२ जनाको कोरोनाको पीसीआर परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १ जनाको ऐन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएकोमा संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसहित मकवानपुरमा ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । १ जना संस्थागत आइसोलेसनमा र ३३ जना होम आइसोलेसनमा बसेका छन् ।