हेटौंडाः हेटौंडा–१९ दामिटारमा बुधबार बिहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ६ बजेनको समयमा हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्बरको ट्रिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ । ट्रिपर चालक फरार छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।