हेटौंडाः मकवानपुरमा मंगलबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा दुई जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका दुई जना र मनहरी गाउँपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा हालसम्म संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय २१ पुगेको छ । जिल्लामा अहिले ४६ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५ जना होमआइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
जिल्लामा यसै अवधिमा दुई जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आईसोलन बस्ने र संस्थागत आइसोलेसनमा उपचाररत समान एक–एक जना कोरोनामुक्त भएका हुन् ।