हेटौंडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिचाउँदै ।


हेटौंडाः निकट भविष्यमै हुने आम निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन आव्हान गरेको ११ दिनको अवधिमा मकवानपुर जिल्लामा ३ हजार १ सय ९७ जनाले आफ्नो नाम दर्ता गराएका छन् । मंसिर १७ गतेबाट पहिलो चरणमा हेटौंडा उपमहानगरसहित बकैया, मकवानपुरगढी, भीमफेदी, ईन्द्रसरोवर र मनहरी गाउ“पालिकामा नाम दर्ता गराउन सुरु गरिएको हो ।


पहिलो चरणमा मकवानपुर जिल्लाभन्दा बाहिरका ९७ जनाले आफ्नो नाम मकवानपुर जिल्लाभित्रबाट दर्ता गराएको बागमती प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी सम्झना ढकालले जानकारी दिनुभएको छ । पहिलो चरणको नामावली संकलन कार्य पुस २ गतेसम्म चल्नेछ । दोस्रो चरणमा मकवानपुर जिल्लाको थाहा नगरपालिकासहित बागमती, कैलाश, राक्सिराङ गाउँपालिकामा पुस ५ गतेबाट १९ गतेसम्म मतदाता नामावली दर्ता गर्ने कार्य गरिनेछ ।