फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा सोमबार २२ जनाले स्वाब नमुना संकलन गराएका छन् । महिला र पुरुष समान ११–११ जनाले स्वाब नमुना संकलन गराएका हुन् ।

संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । अहिले स्वाब संकलन गराउनेहरुको संख्या बढ्दै गइरहेको उहाँले बताउभुयो ।