हेटौंडाः मकवानपुर प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् विद्यार्थीलाई सामाजिक सञ्जालसम्बन्धी सचेतना प्रदान गरेको छ । आइतबार मनहरी गाउँपालिका–८ स्थित महेन्द्र किरण माविमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक विषयमा सचेतना प्रदान गरेको हो ।
प्रशिक्षणमा विद्यालयका कक्षा ११ का ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो । थापाले विद्यार्थीलाई ‘सामाजिक सञ्जाल दुरुपयोगसम्बन्धी’ सैद्धान्तिक तथा व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
विद्यार्थीहरुलाई सामाजिक सञ्जालको प्रयोग गर्दा के कुरामा ध्यान दिने, सामाजिक सञ्जालबाट हुन सक्ने घटना र त्यसलाई न्यूूनीकरण कसरी गर्ने भन्नेबारे प्रशिक्षण गराइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।