सहयोग सामग्री हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः परोपकारी युवा सञ्जाल नेपाल र दाह्री ग्याङ हेटौंडाले विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका ६ जना विद्यार्थीलाई शुक्रबार पोशाक र शैक्षिक सामग्री सहयोग गरिएको हो ।

विपन्न परिवारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री अभाव भएको भन्ने जानकारीपछि सहयोगका लागि परोपकारी युवा मञ्च र दाह्री ग्याङले सहयोग गरेको हो । परोपकारी युवा सञ्जालका संयोजक रमेश सापकोटा र दाह्री ग्याङ्ग हेटौंडाका संयोजक अजित खड्काले विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको उपस्थितिमा विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।