हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनअन्तर्गत् गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बुधबार राति बागमती प्रदेश सदस्यहरुको मतगणना सम्पन्न भएको हो ।
बुधबार सार्वजनिक मतपरिणामअनुसार मकवानपुरका चम्फुरत्न लामा आदिबासी जनजाति खुलाबाट विजयी बन्नुभयो भने मकवानपुरबाट रामशरण माझी विजयी हुनुभएको छ । उहाँहरु दुबै ईन्द्रबहादुर बानिया“ प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । लामाले ६८९ र माझीले ८७८ मत ल्याएर विजयी हुनुभएको हो । यस्तै रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बन्नुभएका मकवानपुरकी जानुकी लामा ९८१ मत ल्याएर विजयी बन्नुभएको छ ।

शनिबारको निर्वाचनमा कुल २०८३ मत खसेको थियो । नेपाली कांग्रेस बागमती प्रदेश सदस्यमा दोलखाबाट अनिता श्रेष्ठ ९२९, चित्रबहादुर कार्की ७३०, भक्तपुरबाट सुनिता खत्री ६७०, सुमन कार्की ८२७ मत ल्याएर विजयी हुनुभयो । यस्तै, सिन्धुलीबाट प्रदेश सदस्यमा गंगा दाहाल १२०७, विवशकुमार वाइबा ९२१ मत ल्याएर विजयी हुनुभयो । काठमाडौंबाट इन्दिरा चौलागाईं र सानुकान्छा श्रेष्ठ ७६९ मत ल्याएर विजयी हुनुभयो । रामेछापबाट कल्पना खड्का ८२६, जीतबहादुर मगर ९६३ मत ल्याएर प्रदेश सदस्यमा विजयी हुनुभयो ।

रसुवाबाट शेषकुमारी अधिकारी ७१७, चितवनबाट कुमार कार्की ८१५, धादिङबाट श्यामकुमार लामा ८६७, देवकुमार कार्की ८६५, नुवाकोटबाट धनकुमारी थापा ८९०, मणिराम केसी ८८० मत ल्याएर विजयी बन्नुभयो । यस्तै सिन्धुपाल्चोकबाट कुमार दुलाल ९३१, काभ्रेबाट शान्ता क्षेत्री थापा ७०३, गुमान सिं लामा ७४४, ललितपुरबाट प्रविणा शर्मा १३२७, राजीवराज पौडेल ६४१ मत ल्याएर विजयी बन्नुभएको छ ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिलामा जानुकी गिरी, उर्मिला कँडेल, तारा पन्त, निर्मला पण्डित, विद्यादेवी घिमिरे, भद्र भण्डारी र सरु बानियाँ निर्वाचित हुनुभएको छ । खुलातर्फ प्रा.डा. केशभक्त सापकोटालगायत १५ जना सदस्यमा निर्वाचित हुनुभएको छ । आदिबासी जनजातिमा ८ जना निर्वाचित भएका छन् । गत आइतबार बागमती प्रदेशको कांग्रेस सभापतिमा देउवा पक्षका ईन्द्रबहादुर बानियाँ विजयी बन्नुभएको थियो ।

नेपाली कांग्रेसको प्रदेशको निर्वाचन सम्पन्न भएसँगै अब केन्द्रीय महाधिवेशन केन्द्रित हुने मकवानपुर पार्टी कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो । शुक्रबारबाट काठमाडौंमा सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि मकवानपुर जिल्लाबाट ५३ जना महाधिवेशन प्रतिनिधि बनेर जाँदैछन् ।