हेटौंडाः मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङलाई पुरानो नारायणी यातायात कम्पनी प्रालिले स्वागत गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका गुरुङलाई बुधबार एक कार्यक्रमको आयोजना गरी संघले स्वागत गरेको हो ।

कम्पनीका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको स्वागत कार्यक्रममा यातायात क्षेत्रका संघ, संस्थाहरु कम्पनीमा रुपान्तरण भए पश्चात यातायात क्षेत्रको अवस्था खस्केको व्यवसायीले गुनासो गरेका छन् ।

प्रहरी उपरीक्षक गुरुङले सवारी दुर्घटनाका कारण अकालमा मानिसको मृत्युका घटना अत्यन्त पीडादायी भइरहेको उल्लेख गर्नुहुँदै सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी चेतनामुलक कार्यक्रम र ट्राफिक नियम पालना गर्ने गराउने कार्यक्रममा यातायात कम्पनीहरुसँग सहकार्य गरिने बताउनुभएको छ ।