हेटौंडाः प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा यदुनाथ गौतम निर्वाचित हुनुभएको छ । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सम्मेलनबाट गौतमको अध्यक्षतामा ३५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

बागमती प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा भएको सम्मेलनले प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा मकवानपुरकी नानीमाया विष्ट, उपाध्यक्षमा नुवाकोटका कपिलदेव खनाल र सिन्धुलीकी अन्जु डोल्मा तामाङ, मुख्य सचिवमा मकवानपुरका ध्रुव अधिकारी, खुल्ला सचिवमा चितवनका सुमन गैरे र सन्तोष देवकोटा, काभ्रेका सन्तोष दाहाल), सिन्धुलीका ध्रुवचन्द्र खड्का, जनजाति सचिवमा दोलखाका गौतम जिरेल, महिला सचिवमा सिन्धुपाल्चोककी चन्द्रकला खत्री, कोषाध्यक्षमा धादिङका बद्री अधिकारीसहित ३५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।