हेटौंडाः ‘राजनीतिक समस्याको समधान संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ भन्ने विषयमा विचार गोेष्ठी सम्पन्न भएको छ । शनिबार नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन जिल्ला समिति मकवानपुरको आयोजनामा विचार गोष्ठी कार्यक्रम भएको हो ।
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन जिल्ला समिति मकवानपुरका संयोजक गोपीकृष्ण श्रेष्ठको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले ‘राजनीतिक समस्याको समाधान संसदीय पु“जीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ भन्ने विषयमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अहिले नेपालमा दलाल पुँजीवादी व्यवस्थाले गर्दा राजनीतिमा विभिन्न द्वन्द्व सिर्जना भएको उहाँले उल्लेख गर्नुभएको थियो । दलाल पुँजीवादले आफैैंले उत्पन्न गरेको संकट टार्न फौज परिचालन गर्ने शर्माले बताउनुभयो । पुँजीवादमा पैसा विदेशी बैंकमा र आफ्ना छोराछोरी विदेशमा पठाउने क्रमले बढावा पाउने उहाँको भनाई थियो । आफ्नो ज्यान देशमा, मनचाहिँ विदेशमा हुनु र ग्रीनकार्ड बोकेर उच्च ओहोदामा रहनु दलाल पुँजीवादी व्यवस्थाको विशेषता भएको उहाँले टिप्पणी गर्नुभयो । समाजवादमा सधैं जनताको पक्ष र हित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज ईन्द्रबहादुुर परियार, बुद्धिजीवी तथा अर्थविद दीपक शर्माले पुँजीवाद व्यवस्थाभन्दा वैज्ञानिक समाजवादी व्यवस्था राम्रो हुने जोड दिनुभएको थियोे ।