हेटौंडाः जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन वक्तृत्वकला प्रतियोगिता भएको छ । स्व बुद्ध रत्न शाक्य स्मृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगीतामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम, आधुनिक माविकै रिसि यादव द्वितिय र चन्द्रोदय माविकी आश्र्या जर्गा मगर तृतिय भएका छन् ।
प्रतियोगितामा ६ वटा विद्यालयका १४ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । प्रथम, द्वितिय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित समापन समारोहका अन्तिम दिन पुरस्कृत गरिने छ । जनसाहित्यिक मञ्च नेपालको केन्द्रीय सचिवालय सदस्य मसान उपासक र साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानले निर्णयक भूमिका निर्वाह गर्नुभएको थियो । परिवर्तनको लागि उठ्नुस् र मानव विकासका लागि नेतृत्वको अभ्यास भन्ने विषयमा प्रतियोगिहरुले आ–आफ्न धारणा राखेका थिए ।
यसैगरी महिला उद्योमशीलता सम्बन्धि तालिम पनि भएको छ । तालिममा १५ जना सहभागी रहेको थियो । दोस्रो दिनमै हेटौंडा १ स्थित चौकीटोलमा स्वागत बोर्ड समेत स्थापना गरिएको छ । जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा जेसीआई हेटौंडा लेडी २०२१ का बोर्ड सल्लाहकार शुक्रराज जोशीको प्रमुख अतिथ्यता रहेको थियो । प्रतियोगिता स्वास्तिका बानियाँको संयोजकत्वमा भएको थियो । मूल कार्यक्रम संयोजक कविता पौडेल, सह मूल कार्यक्रम संयोजक डिलमाया घर्ती र लेडीकै पूर्व अध्यक्ष रश्मि बस्नेत लगायतको उपस्थिति रहेको थियो ।