हेटौंडाः वक्तृत्वकला प्रतियोगितामा नवोदय शिसु सदनकी दर्शना सापकोटा प्रथम भएको छ । द्वितिय जीएस निकेतन माविकी पूर्वजा न्यौपाने र तृतिय फेमकोल एकेडेमीकी एन्जिला मोक्तान भएका छन् । यसैगरी सान्त्वना बालजागृति बोर्डिङकी रेनिशा सापकोटा र प्रोत्साहनमा बालबोध माविकी आदित्या ढकाल भएका छन् । क्रमशः प्रथम, द्वितिय, तृतिय, सान्त्वनालाई स्टेशनरी सामाग्री र ब्याक सहित पुरस्कृत भएको छ । प्रोत्साहन पुरस्कारबाट छनौट भएकी ढकाललाई स्टेशनरी सामाग्री सहित पुरस्कृत गरको छ । बालअधिकारको सुनिश्चितताको लागि विद्यालयको भूमिका नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियोगिता हो ।
हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको आयोजनना तथा महिला तथा बालबालिका महाशाखाको समन्वयमा कार्यक्रम भएको थियो । प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा हेटौंडाका प्रमुख गंगाधर रिमालको सभाध्यक्षता तथा महिला तथा बालबालिका महाशाखाका अधिकृत जगन्नाथ सापकोटाको प्रमूख अतिथ्यता थियो । प्रतियोगिहरुले बालअधिकार भनेको के हो ? बालबालिकाको स्थिति र यसमा विद्यालयको भूमिकाबारे आ–आफ्न धारणा राखेका थिए । १० वटा सामुदायिक र ८ वटा संस्थागत गरी १८ वटा विद्यालयका ३५ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । निर्णयकका रुपमा ज्योति न्यौपाने, सिएम रिमाल, निर्जन अर्याल र माधव प्रसाद गौतमको भूमिका रहेको थियो ।