हेटौंडाः थाहा नगरपालिका वडा नम्बर ८ आग्रामा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको शनिबार एक समारोहका बीच स्वास्थ्य मन्त्री बिरोध खतिवडाले उद्घाटन गर्नुभएको छ । च्वाइस नेपाल र थाहा नगरपालिकाको एक करोड पचास लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य चौकीको उद्घाटन गरिएको थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले जानकारी दिनुभयो ।

प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी हुनुपर्नेमा थाहामा पनि स्वास्थ्य चौकी निर्माण गरी उद्घाटन गरिएको बिष्टले जानकारी दिनुभयो । स्वास्थ्य चौकीबाट दिइने सबै सेवा प्रदान गर्नेगरी भवनको निर्माण भएको उहाँले बताउनुभयो ।

थाहा नगरपालिका वडा न ८ का वडा अध्यक्ष टीकाराम रुम्बाको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य तथा प्रत्यायोजन समितिका सभापति रामनारायण बिडारी, उपमेयर खड्गबहादुर गोपालीलगायतको आतिथ्यतामा भवनको उद्घाटन गरिएको मेयर बिष्टले जानकारी दिनुभयो ।