हेटौंडाः जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह २०२१ अन्तर्गत १५ वटा कार्यक्रम गर्ने भएको छ । बुधबार देखि सुरु हुने जेसीज सप्ताहको उद्घाटन समारोहमा मकवानपुरका महिला पत्रकारसँग फुटसल प्रतियोगिता हुने भएको छ ।
हेटौंडा लेडी जेसीजको अध्यक्ष प्रतिमा श्रेष्ठले मंगलबार पत्रकार सम्मेलन गर्दै जेसीज सप्ताह सम्पन्न गर्न ४ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो । जेसीज सप्ताह अन्तर्गत बुधबार स्व. बासु प्रसाद पौडेल स्मृति विद्यार्थीलाई पोशाक वितरण र घरेलु सेनिटरी प्याड बनाउने तालिम हुनेछ । जेसीज सप्ताको दोस्रो दिन स्वागत बोर्ड स्थापना, महिला उद्यमशिलता र स्व. बुद्व रत्न शाक्य समृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ । तेस्रो दिन दिव्य सेवा निकेतन आश्रामलाई खाद्यान्न वितरण गरिने अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभयो ।
यसैगरी चौथौं दिन संसदीय बैठक प्रणाली तालिम, जेसीआई हेटौंडा लेडीद्वारा संरक्षित जेसीज गाउँ घोषणा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम हुनेछ । पाचौं दिन महिला स्लो स्कुटि प्रतियोगीता, महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना एवं सेप्टी ज्याकेट वितरण र उद्यमशिलता तालिमको हुनेछ । छैठौं दिन महिला आत्मसुरक्षा तालिम र लागूऔषध दुव्र्यशनी न्यूनिकरण सचेतना तथा हट वाटर डिष्पेन्सर वितरण हुनेछ । कार्यक्रमको अन्तिम दिन जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने श्रेष्ठले बताउनुभयो । यस वर्षको साताव्यापी कार्यक्रम गाउँमा जेसीज अभियान रहेको श्रेष्ठको भनाई छ । कार्यक्रमहरु सम्पन्न गर्न कार्यक्रम संयोजक तोकिएको छ ।