हेटौंडाः हेटौंडा–१४ को ५३ वर्षिय ठुलीमाया स्याङतानले हराएको ६ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । बिहीबार ६ लाख रुपैयाँ हराएको भन्ने मौखिक खबर उहाँले प्रहरीलाई दिनुभएको थियो ।
उहाँको हराएको रकम हेटौंडा–९ का अटोचालक उदय सिं मोक्तानले आफ्नोे अटोमा फेला पारेका थिए । ६ लाख भेटेपछि मोक्तान जिल्ला प्रहरी कार्यालय मकवापनुरको सम्पर्कमा पुगेका थिए । मोक्तानले नै सम्बन्धीत ठुलीमायालाई हराएको रकम बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।