हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई एकतिसौ वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार प्रदेश प्रमुख शर्मालाई अख्तियार अनुसन्धान आयोग हेटौंडाका प्रमुख अर्जुन कुमार शर्माले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
संविधानको धारा २९४ को उपधारा ३ अनुसार आर्थिक वर्ष ७७/७८ मा आयोगले सम्पादन गरेको कामबाही समेटेर तयार गरिएको प्रतिवेन प्रदेश प्रमुखलाई बुझाइएको हो । गत वर्ष अख्तियार हेटौंडाको कार्यालयमा ३३७ उजुरी दर्ता भएको थियो ।