हेटौंडाः हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा आज बिहिबारबाट सुरु भएको स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगितामा आग्रा स्पोर्टस् क्लब र आयोजक हटिया स्पोर्टस् एकेडेमीले विजयी सुरुवात गरेको छ ।
बिहिबार बिहान भएको छैठौं संस्करणको प्रतियोगिताको उद्धाटन खेलमा रहेको सेभेन स्टार स्पोर्टस् क्लब थाहा–७ लाई २–० को सोझो सेटमा पराजित गर्दै आग्रा स्पोर्टस क्लब थाहा नगरपालिकाले समुह क अन्तर्गत लिग चरणको पहिलो खेलमा विजयी भएको हो । यस्तै दोस्रो खेलमा समुह घ मा रहेको आयोजक हटियाले मंगोलियन युवा क्लब थाहा–५ लाई २–० कै सोझो सेटमा पराजित गरेको छ ।
समुह चरणअन्तर्गत आजको तेस्रो खेल हिमाली डाँफे युवा क्लब बिसुङ्खेल र छहारी युवा क्लब हेटौंडा–११ बिच हुने आयोजकले जनाएको छ । समुह चरण अन्तर्गत हुने १५ खेलहरु आज र भोलि संचालन हुने जनाइएको छ । प्रतियोगिताको औपचारिक उद्धाटन भने आज दिउँसो हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गर्दैहुनुहुन्छ । प्रतियोगितामा जिल्लाभरका १३ टिमको सहभागिता रहेको छ ।











