हेटौंडाः हेटौंडा–१४ स्थित बनेलधाप तथा कालापानीका नागरिकहरुले सहजरुपमा खानेपानी पाउने भएका छन् । उक्त क्षेत्रका करिब ४ सय घरधुरी लाभान्वित हुने उद्देश्यले शनिबार खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरद्वारा प्रदान गरिएको ३ करोड रुपैयाँ बजेटमा खानेपानी ट्याङ्की निर्माण हुन लागेको हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गर्न लागिएको हो ।