हेटौंडाः हेटौंडा–४ स्थित जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष महेश कुमार सिग्देलको सभाध्यक्षतामा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, संविधानसभा सदस्य प्रल्हाद लामिछानेको पनि उपस्थिति रहेको थियो । ८५ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीले ३ करोड ५० लाख रुपैयाँ बचत संकलन गरेको छ भने ३ करोड ५२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।