तुल्सी थापालाई सम्मान गरिँदै ।

हेटौंडाः साहित्य संगम मकवानपुरको ३१२ औं नियमित साहित्य सन्ध्या एवम् रचना वाचन तथा सम्मान कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार तुल्सी थापालाई नगद ५१ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ । वौद्विक र दार्शनिक चिन्तनबाट साहित्य जगतमा अभिन्न छाप छोड्नुभएका साहित्यकार थापालाई साहित्य संगम मकवानपुरको आयोजनामा सम्मानित गरिएको हो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका संस्थापक अध्यक्ष नवराज तिमल्सिनाको प्रमूख आतिथ्य रहेको थियो । संगमकै उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले मुक्तक, कविता, गजल लगायत रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्व अध्यक्षहरु निमेष निखिल र सुवास खनाल, नाट्यकर्मी उज्जवल शर्मा भण्डारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्ति गोविन्द वैद्य, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम लगायतको उपस्थिति रहेको थियो ।