एक पटक अकबर र वीरबल सामान्य कुरामा छलफल गर्दै थिए । अकबर वीरबललाइ जित्न खोज्थे तर वीरबल सहजै पानी बनाइदिन्थे । अकबरलाई रिस उठ्यो । उनले वीरबल लाई हप्काउदै भने, आफ्नो बादशाहको इज्जत पनि गर्न नसक्ने मानिस किन यो राज्यमा बस्ने ? तिमी तुरुन्त आग्रा छोडेर बाहिर जाऊ । वीरबल पनि के कम अकबरको वचन सुन्नसाथ हिँडे। वीरबल त हिँडे तर सभामा उनी जतिको मानिस कोहि पनि थिएन । न्याय ( निसाफ गर्ने देखि समस्या समाधान गर्ने सम्म र हाँस्ने हँसाउने मानिसको पनि अभाव भयो । अकबरले वीरबललाई गाली गरेकोमा पश्चाताप गरे र सिपाहीहरुलाई चारैतिर पठएर खोजी गर्न लगाए । तर उनी कतै भेटिएनन ।

एकदिन अकबरको दरबारमा एक जना साधु आए । सेता कपाल, फुलेका बाक्ला दारी जुङ्गा भएका ती साधुसँग उनको दुई जना चेलाहरु पनि थिए । साधु कम बोल्थे तर चेलाहरु बोलक्कड थिए ।

चेलाहरुले पालैपालो भने हाम्रा स्वामी यो पृथ्वीमा भ्रमण गर्ने सबैभन्दा विद्वान र बुद्धिमान व्यक्ती हुन । वीरबल हराएकाले चलाख मानिसको अभाव महसुस गरिरहेका अकबरले ती साधुको परीक्षा लिने विचार गरे । उनले भने, तपाईं यो पृथ्वी कै सर्वश्रेष्ठ विद्वान र बुद्धिजीवी हुनुहुँदो रहेछ । यो कुरा भोलिको सभामा तपाईंले प्रमाणित गर्नुपर्ने छ । अन्यथा ठग ठानेर टाउको काटिने छ ।

महाराज म कुनै ध्यानी र ज्ञानी होइन मेरा शिष्यहरुले मलाई सम्मान गर्दै भनेका मात्र हुन तर त्यो यति कुरा सत्य हो म प्रश्न गरेको सुन्न र सकेको जवाफ दिन भने मन पराउछु । साधुले भने र हिँडे ।

भोलि पल्टको सभामा ती साधु आइपुगे । उनलाई प्रश्न वर्षा गर्न मन्त्रीहरू, भारद्वारहरु ,सङ्गीतकारहरु तम्तयार भएर बसेका थिए ।

मन्त्री १- यो पृथ्वीमा मानिसको सबैभन्दा उत्तम साथी को हो ? उनको आफ्नै सुन्दर विचार साधुले जवाफ दिए । मन्त्री २- पृथ्वीमा सबैभन्दा उच्च कुरा के हो ?
साधु- ज्ञान

मन्त्री ३- संसारमा सबैभन्दा गहिरो खाल्डो कुन हो?
साधु- महिलाको मुटु

भारद्वार- एक पटक गुमेपछी कुन कुरा पूनस् प्राप्त गर्न सकिदैन ?
साधु – जीवन

सङ्गीतकार – सङ्गीतमा नपर्ने के हो? साधु – नोट्स
सङ्गीतकार- रातिको समयमा सबैभन्दा सुन्दर र मीठो लाङे आवाज कुन हो?
साधु- ईश्वरलाई प्रशांसा गरिने आवाज

अकबरका अतिथी – हावाभन्दा पनि छिटो यात्रा गर्ने के हो?
साधु- मानिसको विचार
अकबरका अतिथी- पृथ्वीमा सबैभन्दा मीठो चिज के हो?
साधु- बच्चाको मुस्कुराहट

अरुको पालो सकिएपछि अकबर आफै पनि खडा भए र प्रश्न थाले । अकबर –शासन गर्न अत्यावश्यक चिज के हो?
साधु-चतुरता

अकबर- राजाको ठूलो दुश्मन को हो?
साधु-स्वार्थ
यी सब प्रश्न र उत्तर सुनेपछि अकबर र सम्पुर्ण मन्त्री तथा भारदारहरुले साधुको तारिफ गरे । अकबरले सोधेँ, के उनी कुनै अनौठो काम पनि गर्न सक्छन ? तपाईं कसलाई भेट्न चाहनुहुन्छ ? म त्यसलाई भेटाइदिने प्रयत्न गर्न सक्छु, साधुले भने ।अकबरले निकै भावुक हुँदै भने, त्यसो भए मलाई मेरा प्रिय मन्त्री वीरबलसँग भेटाइदेउ ।

साधुले आफ्नो दाह्री र जुँगा ताने । आफुले लगाएको कपडा उतारे । अकबर आश्चर्यचकित भए । उनी त्यो मानिस वीरबल होलान् भनेर सोच्नै सकिरहेका थिएनन् । अन्ततः वीरबल आफ्नो स्वरुपमा बद्लिए ।अकबरले वीरबललाई अङ्कमाल गर्दै भने, मलाई माफ गर वीरबल ।