नेपाली राष्ट्रिय खेलाडी अञ्जन विष्टलाई सम्मान गनुहुँदै बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ ।

हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टलाई शनिबार नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले सम्मान गरेको छ । शनिबार नेपाली काङ्ग्रेस मकवानपुरको पार्टी कार्यालयमा राष्ट्रिय खेलाडी अञ्जनलाई सम्मान गर्नुभएको हो ।

लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको सभापति सबिन भट्टचार्यको सभाध्यमा भएको कार्यक्रममा राष्ट्रिय खेलाडी अञ्जन विष्टको प्रमुख आथित्यता रहेको थियो । साफ चाम्पिएन सीपमा नेपाललाई फाइनलसम्म पुर्‍याउन मकवानपुरे खेलाडी विष्टको ठुलो हात रहेको भन्दै विष्टको थप हौसलाका लागि सम्मान गरिएको हो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा नेपाली काङ्ग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बानियाँले खेलाडी विष्टलाई नगद २५ हजार रुपैयाँ प्रदान समेत गर्नुभएको छ ।

कार्यक्रममा बागमती प्रदेशका संसदीय दलका नेता तथा नेपाली काङ्ग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बानियाँ, सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिव नारायण श्रेष्ठ, नेपाल लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष शर्मिला श्रेष्ठ, नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरका पुर्व सभापति आनन्दराम पराजुली, नेपाल विद्यार्थी संगठन मकवानपुरका सभापति राजु खतिवडा लगायत अन्यको आतिथ्यता रहेको थियो ।