हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने भएसँगै प्रदेश सभा स्थगित गरिएको छ । यही कात्तिक १० गतेसम्मको बैठक स्थगित गरिएको हो । कात्तिक १० गते बस्ने प्रदेश सभाको बैठकले विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया पुरा गर्ने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
विश्वासको मत मागेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने भएकी छिन् । प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, स्वतन्त्र सांसद लगायत विवेकशील साझाले समेत विश्वासको मत नदिने भएका हुन् ।
बिहीबार मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावको छलफलमा अन्य दलको नेताहरुले मत नदिने बताएसँगै शाक्यले मत नपाउने निश्चिित भएको हो ।