हेटौंडाः हेटौंडा–१० स्थित सिमा चोकमा सञ्चालनमा रहेको एक किराना पसलमा नगद र सामान चोरी भएको छ । बुधबार राति रोशन रौनियारले सञ्चालन गरेको रोशनी कोल्ड स्टोरमा नगद र सामान चोरी भएको हो ।
रौनियारले सञ्चालन गरेको किराना पसलबाट ४५ हजार रुपैयाँ नगद, ८ हजार बराबरको रिर्चाज कार्ड र अन्य ७ हजार बराबरको खाद्य सामग्रीहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । सामान चोरी भएको भनी रौनियार बिहिबार बिहान जिल्ला प्रहरी कार्यलय मकवानपुरमा सम्पर्कका गरेको थियो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।