साङ्केतिक तस्बिर गुगल ।

हेटौंडाः तोकिएको भाडादर भन्दा बढी भाडा लिने हेटौंडाका २ जना पक्राउ परेका छन् । मंगलबार हेटौंडाबाट काठमाण्डौ सम्म पुर्‍याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिएकोे ना ४ ख ९३११ नम्बरको बसलाई नियन्त्रणमा लिई २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तोकिएको भाडादर भन्दा बढी भाडा उठाई बिचौलियाको काम गरेको आरोपमा २ जनालाई हेटौंडा–२ स्थित संगम चोकबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हेटौंडा–१ का २६ बर्षीय रविन सुवेदी र ३४ बर्षीय सुधेस परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

पक्राउ परेका २ जना माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो । बसलाई नियन्त्रणमा लिई भाडा फिता गरी गन्तव्यतिर छोडिएको प्रहरी निरीक्षक दासले बताउनुभयो ।