हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाले शिक्षक छनोट गर्ने भएको छ । नगरपालिकाको शिक्षा समितिको मंगलबार बसेको बैठकले हाल रिक्त रहेका ५ वटा दरबन्दीमा शिक्षक पदपूर्तिका लागि नगरपालिकाले नै परीक्षा लिने भएको हो ।

स्थानीय तहलाई विद्यालयको रिक्त दरबन्दीमा दरखास्त आह्वान गरी शिक्षक छनौटको जिम्मेवारी पाएपछि थाहा नगरपालिकाले शिक्षक पदपूर्तिका लागि सूचना निकालेको हो । नगरपालिकाले प्रकाशन गरेको सूचनामा आवश्यक पदसंख्या भने उल्लेख गरिएको छैन ।

शिक्षक छनौटका लागि लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशित मितिले ६ महिनासम्म प्रतीक्षा सूची कायम रहने थाहा नगरपालिकाका शिक्षा अधिकारी शोभाकर रेग्मीले जानकारी दिनुभयो । विद्यालयको आर्थिक स्रोतले शिक्षक पदपूर्ति गर्न नसक्ने भएकाले पालिकाले नै रिक्त दरबन्दीमा शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको उहाँले बताउनुभयो ।

विद्यालयको सिफरिसमा पालिकालाई शिक्षक पदपूर्तिका लागि जिम्मेवारी दिए पनि शिक्षक तोक्ने जिम्मेवारी भने विद्यालयलाई हुने बताउनुभयो । गत असारमा कार्यविधि निर्माण गरी शिक्षक छनोटको जिम्मेवारी पालिकाले लिने निर्णय गरेको पराजुलीले बताउनुभयो । शिक्षक दरबन्दीका लागि नगरबाट विनियोजन भएको बजेटले परीक्षा हुने उहाँले बताउनुभयो । थाहा नगरमा १ सय ८६ दरबन्दीमध्ये ५ वटा पद रिक्त रहेको