जर्सी हस्तान्तरण गरिँदै ।

हेटौंडाः सचेत नागरिक युवा समूह मकवानपुरले मंगलबारबाट हेटौंडा–८ कमानेमा सुरु भएको टोलस्तरीय प्रतियोगितामा भाग लिएको कमाने युनाइटेड क्लबलाई जर्सी र जुराफ सहयोग गरेको छ ।

मंगलबार सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिवनारायण श्रेष्ठ, उपाध्यक्ष शर्मिला श्रेष्ठले कमाने युनाइटेड क्लबका संयोजक सतिश अधिकारीलाई १६ सेट जर्सी र १२ सेट जुराफ हस्तान्तरण गर्नुभएको हो । नागरिक सचेतना र नागरिक अधिकारको पक्षमा पैरवी गर्दै आएको संस्थाले युवा पुस्तालाई खेलमार्फत सकारात्मक सोँच विकास गर्न सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । कमाने युनाइटेडले मंगलबार विजयी सुरुवात समेत गरेको छ ।