हेटौंडा अस्पताल ।

हेटौंडाः हेटौंडा अस्पतालमा एक महिनाको अवधिमा १२ हजार २ सय ४० जनाले अस्पतालको विभिन्न सेवा लिएका छन् । गत भदौ महिनामा मात्रै १२ हजार २ सय ४० जनाले सेवा लिएका हुन् । कोरोना संक्रमण दर कम भएसँगै अस्पतालमा आउने बिरामीको संख्या बढेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

कोभिडको बेलामा दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी सेवा लिन आउने गरेकोमा कोरोना संक्रमण दर घटेर बजार सबै खुलेलगत्तै हाल अस्पतालमा दैनिक ५ सयदेखि ६ सयसम्म बिरामीहरु अस्पतालमा आउने उहाँले बताउनुभयो ।

अस्पतालको सबै सेवा खुलेलगत्तै अस्पतालमा आउने बिरामीको चाप बढेको उहाँले बताउनुभयो । अस्पतालमा ३ महिनाको अवधिमा साउन महिनादेखि हालसम्म १ सय १४ जनाको शल्यक्रिया भएकोे सापकोटाले बताउनुभयो । यस्तै साउनदेखि अहिलेसम्म अस्पतालमा ६ सय २३ जनाले अस्पतालमै नर्मल डेलिभरी गराएको उहाँले बताउनुभयो ।