हेटौंडाः मकवानपुरका ७ हजार १ सय ३८ जना विद्यार्थीलाई हेटौंडाा उपमहानगरपालिकाले सियुजी सिम उपलब्ध गराएको छ । मकवानपुरका १० पालिकाहरुमा इन्टरनेटको पहुँच नपुगेका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।
पालिकाहरुमध्ये मकवानपुरगढी गाउँपालिकाले मात्र उक्त सिम प्रयोगमा ल्याएको उहाँले बताउनुभयो । संघीय सरकारबाट अनुदान प्राप्त २६ लाख ७६ हजार ६ सय २५ रुपैयाँको बजेटबाट विद्यार्थीलाई सिम उपलब्ध गराइएको हो ।
३ महिनाका लागि मात्र सरकारले यो सुविधा दिएको थियो । १ सय २५ रुपैयाँका दरले २३ वटा विद्यालयमा सियुजी सिम उपलब्ध गराइएको उहाँले बताउनुभयो । विद्यार्थीले गृहकार्य, परियोजना कार्यलगायत कार्यहरु सहजैरुपमा मोबाइलको सिमबाट गर्न सकिने उहाँले बताउनुभयो । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाई यो सुविधा दिइएको थियो ।