हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमितले उपचार सेवा लिइरहेका छन् । संक्रमितलाई एचडियु कक्षमा उपचार सेवा दिइरहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. प्रशान्त विडारीले जानकारी दिनुभयो ।

उपचाररत रहेका संक्रमित ६० वर्षका पुरुष रहेको उहाँले बताउनुभयो । उपचार सेवा लिइरहेका बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । अहिले कोरोनाको संक्रमणदर कम भएसँगै अस्पतालमा आउने कोरोनाका बिरामी घटेर सोमबार अस्पतालमा १ जना मात्र कोरोनाको बिरामी रहेको उहाँले बताउनुभयो । कोरोना संक्रमणदर घटेसँगै अस्पतालको सबै सेवाहरु खुलिसकेको विडारीले बताउनुभयो ।