हेटौडा : हेटौंडामा शुक्रबार ९ जनामा कोरोना संक्रमण देखिएको छ । ४७ जनामा गरिएको पीसीआर परिक्षणमा ९ जनामा संक्रमण देखिएको र ७ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण देखिने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ४ जना र होमा आइसोलेसनमा १८९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । शुक्रबार होम आइसोलेसनमा बसेका २ जना र संस्थागत आइसोलेसनमा बसेका ५ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।
जिल्लामा अहिले सम्म कोरोना विरुद्धको पहिलो भ्याक्सिन १४ हजार ११ सय १३ जनाले लगाएका छन् । यस्तै कोरोना विरुद्धको पुर्ण खोप १ लाख ४ हजार ६ सय २५ जनाले लगाएका छन् । हाल जिल्लामा १९३ जना कोरोनाका संक्रिय संक्रिय संक्रमित रहेका छन् ।