रमेशलाल श्रेष्ठ ।

हेटौंडाः नेपाल बीमा व्यवसायी समाज मकवानपुरको अध्यक्षमा रमेशलाल श्रेष्ठ चयन हुनुभएको छ । बीमा कम्पनिमा कार्यरत कर्मचारीहरुको हकहितका लागि गठन गरिएको समाजको अध्यक्ष हुनुभएका श्रेष्ठ नेपाल इन्स्योरेन्स कम्पनिको हेटौंडा शाखाका प्रबन्धक हुनुहुन्छ ।

बुधबार भएको भेलाले उपाध्यक्षमा केवल बानियाँ, सचिवमा उज्ज्वल बर्तौला, कोषाध्यक्षमा मुना पौडेलसहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । मकवानपुर जिल्लामा २० वटा जीवन बीमा कम्पनि र २० वटा निर्जिवन बीमा कम्पनि गरी कुल ४० वटा बीमा कम्पनिका शाखा छन् । मकवानपुर जिल्लामा बीमा कम्पनिमा प्रत्यक्ष रुपमा दुई सय जना भन्दा बढी कार्यरत छन् ।