हेटौंडाः मानवसेवा आश्रम हेटौंडाले भारत पटनाका मनिष यादवको सुखद पारिवारिक पुनर्मिलन गराएको छ ।
२०७४ साल बैशाख १४ गते बागलुङबाट उद्धार गरेको पटना नालनदर घर बताउने मनिष यादवको परिवार फेला परेसँगै शनिबार राति परिवारलाई जिम्मा लगाएको मानव सेवा आश्रम हेटौंडाका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।
मानव सेवा आश्रमले बागलुङबाट उद्धार गरेर यादवलाई केन्द्रिय कार्यालय हेटौंडामा राखेको थियो । उनको उपचार समेत गर्दै आएको मानव सेवा आश्रमले जनाएको छ ।
मानसिक बिरामी यादवको अहिले स्वास्थ्य अवस्था सामान्य छ । पटना नानदर मगत विश्व विद्यालयमा बिएससी दोस्रो बर्षको अध्ययन गर्ने क्रममा मानसिक समस्या भएर नेपाल आइपुगेका मनिष यादव विगत ५ वर्षदेखि घर जान पाएका थिएनन् ।